image
image

जापान पठाइदिन्छौं भन्दै ठगी गर्ने सूर्य कर्पोरेशनमा विभागको छापा

काठमाडौँ, २५, मंसिर । वैदेशिक रोजगारीको लागि जापान पठाइदिने भनी रकम र पासपोर्ट लिइ नपठाउने सूर्य कर्पोरेशनको कागजात बरामद गरिएको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै कर्पोरेशनको कागजात बरामद गरेको जनाएको छ ।

विभागमा डिल्लिबजारस्थित सूर्य कर्पोरेशन प्रालिले विगत तीन वर्ष अगाडिदेखि रकम र पासपोर्ट बुझिलिई हालसम्म नपठाएकाले रकम र पासपोर्ट दिलाई दोषीउपर कानूनी कारबाही गरिपाउँ भनी उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा विभागको टोलीले मंसिर २३ गते आकस्मिक अनुगमनका क्रममा जापान, क्यानाडा, अमेरिकालगायतका मुलुकमा पठाइदिने भनी संकलन गरेका करिब ८० थान पासपार्टलगायतका अन्य महत्वपूर्ण कागजातसमेत बरामद गरेको छ ।

उक्त अनुगमनको क्रममा कर्पोरेशनका उपस्थित कर्मचारीहरुलाई समेत प्रहरीको जिम्मा लगाई आवश्यक कारबाहीका लागि थप अनुसन्धानका कार्यहरु भइरहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।