image
image

वैदेशिक रोजगारीमा रहेका कामदारहरुले गरे आईपीओमा आवेदन

काठमाडौँ, १५, मंसिर । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुले पहिलो पटक आरक्षण कोटामा निजी कम्पनीको आईपीओ आवेदन गरेका छन् । 

कालिञ्चोक दर्शन लिमिटेडले बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका र स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री शुरु गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार ८ सय कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । 

केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)का अनुसार गत बुधबारबाट वैदेशिक रोजगारमा रहेका कामदारहरुले सीआरएन नम्बर परिवर्तन गरेका छन् । नयाँ डिम्याट खाता खोल्ने कामदारहरुले आफ्नो नयाँ डिम्याट खातामा बैंक एकाउन्ट जोड्दा रेमिट्यान्स खाता नम्बर पनि जोडेर सीआरएन नम्बर लिनुपर्ने व्यवस्था गरिएको छ । 

यसअघि खाता खोलेकाहरूले आफ्नो खातालाई परिवर्तन गरी रेमिट्यान्स खातामा जोडिदिन निवेदन दिएपछि बैंकहरुले रेमिट्यान्स खाताका यकिन गरी सीआरएन नम्बर दिने गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात् कुनै पनि कम्पनीको आईपीओ सार्वजनिक गर्दा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि कम्तिमा १० प्रतिशत छुट्याउनु पर्ने व्यवस्था गरिएको थियो । 

विदेशमा रहेका भएपनि श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका वा अवैधानिक भएका कामदारहरुलाई आरक्षणबाट वञ्चित गरिएको छ । वैदेशिक रोजगारीमा गएका कामदार तोकिएको आईपीओमा आवेदन नगरेमा छुट्याइएको शेयर सर्वसाधारणका लागि बिक्री गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।