image
image

कोरियन भाषा परीक्षाको आवेदन खुल्ला, कहिले कहिले हुदैँ परीक्षा ?

काठमाडौँ, १४, मंसिर । ईपीएस प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको ईपीएस कोरिया शाखा ग्वार्को ललितपुरले सोमबार सूचना प्रकाशित गरी भाषा परीक्षाका लागि आवेदन फारम खुलेको जनाएको छ ।

श्रम मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीचको समझदारी अनुसार कोरिया जान नेपाली नागरिकलाई भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो । भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुने छ ।

दोस्रो चरणको परीक्षा फागुन १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी सीप परीक्षणको परीक्षा फागुन ३ देखि ५ गतेसम्म र दोस्रो चरण चैत १ गतेदेखि ३ गतेसम्म हुने ईपीएस कोरिया शाखा ग्वार्कोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।