image
image

आईपीओका लागि रेमिट्यान्स खाताको सिआरएन नम्बर कार्यान्वयनमा

काठमाडौँ, १२, मंसिर । सिडिएस एण्ड क्लियरिङ्गले आइतबारदेखि रेमिट्यान्स खाताको सिआरएन नम्बर अपडेट गर्ने व्यवस्था गरिएको जनाएको छ । सिडिएस एण्ड क्लियरिङ्गको उक्त व्यवस्थासँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि सार्वजनिक हुने निजी तथा सार्वजनिक कम्पनीको आईपीओ भर्न सहज भएको छ ।

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई कम्पनीको आईपीओमा १० प्रतिशत कोटा छुट्याउनु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकालाई संशोधन गर्दै गत बिहीबारबाट उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा वैदेशिक रोजगारमा रहेका कामदारलाई आईपीओमा आरक्षणको नीति ल्याएको थियो ।

श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाली कामदारका लागि छुट्याइएको शेयरमा आईपीओ भर्न आवेदन दिनका लागि विप्रेषण (रेमिट्यान्स) बचत खाता उल्लेख गरी दर्ता गरिएको सिआरएन नम्बर अनिवार्य रहेकाले यथाशीघ्र आफ्नो खाता रहेको बैंकमा सम्पर्क राखी सिआरएन नम्बर लिन सिडिएससीले अनुरोध गरेको छ ।

आईपीओ जारी गर्ने संस्थाले सर्वसाधारणलाई निष्काशन गर्ने शेयरमध्ये कम्तीमा १० प्रतिशत शेयर सर्वसाधारणका लागि खुला गर्नु १५ दिन अघि नै श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याउनु पर्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेका नेपालीले रेमिट्यान्स बचत खाताबाट मात्र आरक्षित आईपीओमा आवेदन गर्न पाउने छन् । आरक्षित कोटामा आवेदन गर्न कामदारले पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ आफू कार्यरत रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने शर्त रहेको छ ।

 

वैदेशिक रोजगारमा रहेकाले डिम्याट खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गराउनु पर्ने व्यवस्था पनि गरिएको छ । वैदेशिक रोजगारमा रहेकाले आरक्षित कोटामा आईपीओ भरिसकेपछि सर्वसाधारणका लागि छुट्याएकोमा भने पुनः आवेदन गर्न नपाउने व्यवस्था गरिएको  छ । सरकारको नीतिले वैदेशिक रोजगारमा रहेका विपन्न अवस्थाका कामदारको आर्जन दीर्घकालीन पुँजी निर्माणमा लाग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।