पाकिस्तानमा टिकटक प्रतिबन्द
काठमाडौँ २९ फागुन । पाकिस्तान अदालतले टिकटक एपमाथि प्रतिबन्दजो आदेश दिएको छ । टिकटकमा अश्लील सामग्रीका भिडियो राखिएको भन्दै पाकिस्तानमा ६ महिनामा दोस्रोपटक टिकटकमाथि प्रतिबन्ध लगाइएको हो ।
पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्यायाधीश काइसर रासिद खानले बिहीबार टिकटकमाथिको मुद्दामा यस्तो आदेश दिएसँगै अदालतले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटकले आफ्नो प्लेटफर्ममा त्यस किसिमका भिडियो नियन्त्रण गर्ने व्यवस्था नगरेसम्मका लागि यो सेवामा रोक लगाउन आदेश दिएको छ ।
यसअघि गत अक्टोबरमा पनि पीटीएले टिकटकमाथि यस्तै मामिलामा प्रतिबन्धको निर्णय गरेको भएपनि १० दिनपछि पीटीएले टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो । पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए)ले अदालतको आदेश पालना गर्ने बताए पनि उता टिकटकले भने अदालतको आदेशलाई चुनौती दिँदै पुनरवलोकनको आवेदन दिने बताएको छ ।