image

५ जलविद्युत कम्पनीलाई धितोपत्र बोर्डको आईपीओ निष्कासनको अनुमति, कुन कम्पनीको कति कित्ता ?

काठमाडौँ, ८, मंसिर । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५ जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। 

सेबोनले एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यी सबैले वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४ करोड १४ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछन्। 

 एसियन हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। जुन चुक्तापुँजीको ३४.७१ प्रतिशत हो। आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। 

यसैगरी सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। जुन चुक्तापुँजीको २० प्रतिशत हो। आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

सुपर मादी हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २ करोड १० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। जुन चुक्तापुँजीको १५ प्रतिशत हो। आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

माया खोला हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ। जुन चुक्तापुँजीको ३४ प्रतिशत हो। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। जुन चुक्तापुँजीको २९.०२९ प्रतिशत हो। आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।