image
कुमारी र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता

कुमारी र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता

काठमाडौँ, ८, मंसिर । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ ।

बुधबार कुमारी बैंककाको केन्द्रीय कार्यालय टंगालमा उक्त सम्झौता भएको हो । दुबै बैंकका संचालक समितिहरुले १ः१ अनुपातको सयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको छ ।

मंसिर १ गते बसेको दुवै बैंकको संचालक समितिको बैठकले मर्जर प्रयोजनका लागि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको थियो ।

असोज १० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन भएका संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङकन गर्न नियुक्त मूल्याङकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङकन गरी दिएको प्रतिवेदनका आधारमा स्वाप रेसियो १ः१ अनुपात कायम गर्ने निर्णय गरेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।