image
रु.२० अर्ब बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक

रु.२० अर्ब बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक

काठमाडौँ, ८, मंसिर । नेपाल राष्ट्र बैंकले आज (मंसिर ८ गते) रु.२० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ। 

बोलकबोल आज दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने भोलि मंसिर ९ गते तय गरिएको छ। 

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिल्सको भुक्तानी २०७९ चैत मसान्तसम्म तोकिएको छ। काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ। 

काउन्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ। 

यसैगरी काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण रु. ५ करोड वा रु. ५ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन्। तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटामात्र बोलकबोल गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।