image
कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा १३ बीमा कम्पनीको साढे ७ अर्ब लगानी

कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा १३ बीमा कम्पनीको साढे ७ अर्ब लगानी

काठमाडौँ, ८, मंसिर ।  सञ्चालनमा रहेका १३ बीमा कम्पनीहरुले कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा साढे ७ अर्ब लगानी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांकअनुसार यी कम्पनीहरुले यस क्षेत्रमा कुल ७ अर्ब ४९ करोड ९५ लाख रुपैयाँ लगानी गरेका हन् ।

गत आवको सोही अवधिको तुलनामा यस क्षेत्रमा कम्पनीहरुले ८५.९३ प्रतिशतले लगानी बढाएका हुन् । गत आवको पहिलो त्रैमासको अवधिमा यस क्षेत्रमा कम्पनीहरुले ४ अर्ब ३ करोड ३५ लाख रुपैयाँ लगानी गरेका थिए ।

प्रथम त्रैमासमा ९ जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनीहरुले कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा लगानी गरेका हुन् ।

कम्पनीहरुले प्रथम त्रैमासको अवधिमा ५ खर्ब ५१ अर्ब ९२ करोड रुपैयाँ कुल लगानी गरेका छन् । कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा गरिएको लगानी कुल लगानीको १.३६ प्रतिशतमात्रै हो ।

गत आवमा ४ वटा निर्जीवन बीमा कम्पनीहरुले ३० करोड ६९ लाख रुपैयाँ लगानी गरेका छन् । यस क्षेत्रमा ९ वटा जीवन बीमा कम्पनीहरुले ७ अर्ब १९ करोड २५ लाख रुपैयाँ लगानी गरेका हुन् ।

बीमा समितिले बीमकको लगानी सम्बन्धी निर्देशिका, २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो ।

बीमा प्राधिकरणको बीमकको लगानी सम्बन्धी निर्देशिका, २०७५ अनुसार जीवन बीमा कम्पनीहरुलाई कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा कुल लगानीको न्यूनतम १० प्रतिशत र बढीमा २० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था गरिदिएको छ ।

प्राधिकरणले उक्त बराबरको रकम लगानी गर्न सक्ने व्यवस्था गरिदिएपनि सञ्चालनमा रहेका सबै बीमा कम्पनीले लगानी गरेको देखिदैन । जीवन बीमा कम्पनीतर्फ गत आवमा यस क्षेत्रमा राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ, एशियन लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, सन नेपाल, रिलायन्स लाइफ, सिटिजन लाइफ र प्रभु लाइफले मात्रै लगानी गरेका छन् ।

प्रथम त्रैमासको अवधिमा राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ८९ करोड, नेपाल लाइफले १ अर्ब ८२ करोड, एशियनले १५ करोड, सूर्याले ८ करोड, प्राइमले ९ करोड १६ लाख, सन नेपालले ५ करोड ५५ लाख, रिलायन्सले ५ करोड, सिटिजनले २ करोड १५ लाख र प्रभु लाइफले २ करोड रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ पनि ४ कम्पनीले मात्रै यस क्षेत्रमा लगानी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीतर्फ शिखर, आइएमई जनरल, प्रभु र सगरमाथा इनस्योरेन्सले लगानी गरेका हुन् । प्रथम त्रैमासको अवधिमा शिखरले यस क्षेत्रमा १९ करोड ४३ लाख, आइएमई जनरलले २ करोड, प्रभुले ४ करोड ६० र सगरमाथाले ४ करोड ६५ लाख रुपैयाँ लगाी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।