image
चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा

चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा

काठमाडौँ, ८, मंसिर । चीनको दैनिक कोभिड संक्रमण पुनः बढेको छ । कोभिड नियन्त्रण गर्न सरकार फेरि लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्धमा फर्किएको छ । राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा ३१ हजार ४४५ जनामा संक्रमण देखिएको छ । तीमध्ये २७ हजार ५१७ जनामा लक्षण देखिएको छैन् । चीनको १दमलब ४ बिलियन जनसंख्याको तुलनामा यो संख्या खासै ठूलो होइन । तर, पछिल्ला दिनमा संक्रमण बढेपछि मानिसहरूका दैनिक गतिविधि प्रभावित भएका छन् । 

तर बेइजिङको कडा शून्य–कोभिड नीतिअन्तर्गत सानो प्रकोपले पनि सम्पूर्ण शहरहरू बन्द गर्न सक्ने र संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसका कारण सर्वसाधारण ठूलो सास्ती भोग्न बाध्य छन् ।

अथक नीतिले महामारीको तेस्रो वर्ष नजिकिँदै जाँदा जनसंख्यामा असन्तुष्टि बढेको छ र  विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशमा उत्पादकत्वमा असर पारेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।