image
पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा

पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा

काठमाडौँ, ८, मंसिर । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार नेपालले यो अवधिमा कूल रु पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रु पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख बराबरको वस्तु तथा सेवा आयात गरेको तथा रु ५४ अर्ब ७७ करोड ४३ लाख बराबरको मात्रै निर्यात गरेको देखिन्छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ६८ र निर्यातको हिस्सा नौ दशमलव ३२ प्रतिशत बराबर हो ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव ७९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु सात  खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख पुगेको थियो । त्यस्तै गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आयात १८ दशमलव शून्य आठ प्रतिशत र निर्यात ३३ दशमलव ३० प्रतिशतले घटेको छ ।

प्रथम चौमासिकमा नेपालले छिमेकी मुलुक भारतसँग मात्र रु दुई खर्ब ८३ अर्ब ५८ करोड ९१ लाख व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले भारतबाट रु तीन खर्ब २२ अर्ब १८ करोड बराबरको आयात गरेको छ भने रु ३८ अर्ब ६० करोड बराबरको मात्रै निर्यात गरेको छ । रासस
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।