image
काठमाडौँ ७ : समानुपातिकमा रास्वपालाई धेरै मत

काठमाडौँ ७ : समानुपातिकमा रास्वपालाई धेरै मत

काठमाडौँ, ८, मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत प्राप्त गरेको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको गए राति सम्पन्न समानुपातिकको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार चार सय ३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, दोस्रो  समानुपातिक मत नेकपा ९एमाले०ले चार हजार चार सय ६६, तेस्रो समानुपातिक मत नेपाली कांग्रेसले तीन हजार सात सय १०, चौथो समानुपातिक मत राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ९६४ र पाँचाँै समानुपातिक मत नेकपा ९माओवादी केन्द्र०ले एक हजार एक सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।

काठमाडौँको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो क्षेत्रमा समानुपातिकतर्फ कूल २६ हजार चार सय १७ मत खसेकोमा २५ हजार दुई सय १९ मत सदर र एक हजार एक सय ९८ मत बदर भएको थियो ।यस्तै, सो क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले आठ हजार सात सय ४३  मत ल्याई विजयी हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।