image
यो वर्ष जलविद्युत् उत्पादन क्षमता तीन हजार मेगावाट पुग्ने

यो वर्ष जलविद्युत् उत्पादन क्षमता तीन हजार मेगावाट पुग्ने

काठमाडौँ, ७, मंसिर । चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता करिब तीन हजार मेगावाट पुग्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन्। तीन हजार मेगावाट विद्युत उत्पादन हुने हो भने जलविद्युत् क्षेत्रबाट करिब ५० अर्ब रोयल्टी र ५० अर्ब कर सरकारले पाउने उनले बताए।

हाल प्राधिकरण मातहतका जलविद्युत् आयोजनाहरूले मात्र एक अर्ब ७० करोड रोयल्टी सरकारलाई तिरिरहेको उनले बताए। अबको १५ वर्ष भित्रमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको पनि घिसिङले बताए। 

'नेपालमा १५  हजार मेगावाट विद्युत उत्पादन भयो भने करिब पाँच खर्ब रुपैयाँ जलविद्युत क्षेत्रको रोयल्टी र ट्याक्स मात्रै आउने देखिन्छ। विदेशमा निर्यात गर्ने आयोजनाले अझ बढी कर तिर्ने हो,' उनले भने। 

त्यसले गर्दा नेपालमा जति धेरै जलविद्युत् कम्पनी भयो त्यति नै राज्यलाई फाइदा पुग्ने उनको भनाइ छ।  

हाल नेपालले ११ अर्बभन्दा बढीको बिजुली भारत निर्यात गरेको उनले बताए। 

'पहिला हामी यो बेलामा १० देखि ११ अर्बकै बिजुली आयात गथ्र्यौं भने अहिले निर्यात गरिरहेका छौं। विद्युत निर्यातले मुलुकको भुक्तानी सन्तुलनमा सहयोग पुर्‍याएको छ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।