image
image

साउदी आईडी नवीकरणका लागि सचेत रहन वैदेशिक रोजगार व्यवसायीहरूलाई आग्रह

काठमाडौँ, २७, कार्तिक । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालस्थित साउदी अरेबियाको परिचयपत्र (साउदी आईडी) नवीकरणका लागि सचेत रहन वैदेशिक रोजगार व्यवसायीहरूलाई आग्रह गरेकोे छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालस्थित साउदी अरेबियाको दूतावासले जारी गरेका कार्डहरू थप अपग्रेड गरी नवीकरण गर्ने सम्वन्धमा दूतावासले जारी गरेको परिपत्र अनुसार उक्त दूतावासबाट माग भएका कागजातहरु प्रमाणीकारणका लागी संघको अनुरोधमा वैदेशिक रोजगार विभाग र कन्सुलर सेवा विभागबाट तोकिएका कागजात प्रमाणीकरणमा सहजीकरण गरिएको बताएको छ ।

कागजात प्रमाणीकरणमा सहजीकरण गरिदिएकोमा दूतावासलगायतका निकायप्रति विशेष धन्यवाद व्यक्त गरिएको भन्दै संघका सहसंयोजक प्रेम कटुवालले साउदी आईडी कार्ड नवीकरणका लागि कागजात प्रमाणीकारण गर्न बाँकी कार्ड नम्वर २५१ देखि ६२५ सम्मका वैदेशिक रोजगार व्यवसायीहरुलाई शुक्रबार ५ बजेसम्म संघ कार्यालयमा कागजात पेश गर्न अनुरोध गरिएको जानकारी दिए ।

हाल वैदेशिक रोजगार विभागमा ८ सय ८० वैदेशिक रोजगार व्यवसायी दर्ता रहेकोमा ६ सय २५ व्यवसायीले मात्र साउदी दूतावासको आईडी लिएका छन् ।

साउदी आईडी अपग्रेड गरी नविकरण गर्न १ नम्बरदेखि १२५ नम्बरसम्मका व्यवसायीहरुले सम्पर्क गरिसकेकोले बाँकी व्यवसायीले सकेसम्म छिटो सम्पर्क गर्नुपर्ने संघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।