image
image

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको सुधारका लागि विभागले माग्यो सुझाव

काठमाडौँ, २७, कार्तिक । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस०मा सुधारका लागि सरोकारवाला पक्षबाट सुझाव माग गरेको छ । विभागले वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाहलाई छिटो छरितो एवं व्यवस्थित गर्न २०७२ सालदेखि उक्त पोर्टल प्रयोगमा ल्याएको थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहित व्यवसायीले लामो समयदेखि प्रणालीमा रहेका समस्या समाधान नहुँदा श्रम स्वीकृतिका लागि समय र लागत अनुचितरुपमा बढेको भन्दै लिखित तथा मौखिकरुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा विभागको ध्यानाकर्षण गराउँदै आएका छन् । 

खासगरी शून्य लागतमा कामदार पठाउनुपर्ने बाध्यतामा रहेका आफूहरुले एउटै विज्ञापन हप्तैपिच्छे पटकपटक दोहोर्‍याएर प्रकाशन गर्नुपर्ने गरी प्रणालीले सिर्जना गरेकोे बाध्यताले अनुचितरुपमा लागत र झन्झट थपेको व्यवसायीहरुको गुनासो छ ।

फेमिस समस्याको समाधानका लागि मन्त्रालयले कार्यदलसमेत गठन गरेको छ । प्रणालीमा देखिएका समस्या समाधानका लागि विभागले मंसिर १० गतेसम्म अनलाइनमार्फत सुझाव दिन सकिने बताएको छ । 

विभागले प्रणालीमा हाल रहेका समस्याको समाधान तथा भविष्यमा गरिनुपर्ने सुधारका विषयमा केन्द्रित भएर सुझाव पठाउनसमेत आग्रह गरेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।