image
image

जहाज टिकटको अभावका कारण वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदार प्रभावित हुने खतरा बढ्यो

काठमाडौँ, २३, कार्तिक । लामो समयको प्रतीक्षापछि लयमा फर्किएको मलेसियाको वैदेशिक रोजगारी नेपाली कामदार जाने जहाज टिकटको अभावमा प्रभावित हुने खतरा बढेको छ । 

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भरिरहेका चार्टर्ड विमानहरुलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न बाध्य पारेपछि मलेसिया जाने युवाहरुलाई टिकटको समस्या परेको हो ।

 हाल काठमाडौं–मलेसिया उडानमा हवाई भाडा अत्यधिक बढेको र महंगोमा पनि टिकट पाउन मुस्किल रहेको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले हप्ताको ४ उडान र हिमालयन एयरलाइन्सले काठमाडौं–भैरहवा–क्वालालम्पुर चार्टर्ड उडान शुरु गरेपनि वैदेशिक रोजगारीमा जाने कामदार कोरोना कालको जस्तै चार्टर्ड उडानको महंगो भाडा तिर्न बाध्य भएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उपाध्यक्ष डिक बहादुर खत्री ९कुमार०ले बताए । 

उनले वैदेशिक रोजगारीमा जाने कामदारको चापलाई ध्यान दिएर राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मलेसियामा उडान संख्या बढाउनु पर्नेमा कामदारको समस्यामा सरकारले उदासीनता देखाएको बताए । 

काठमाडौंबाट चार्टर्ड विमान उडाउन नपाउने सरकारी निर्णयले वैदेशिक रोजगारीका लागि मलेसिया जान मुलुकका विभिन्न जिल्लाबाट यतिखेर २५ हजारभन्दा बढी नेपाली श्रमिक राजधानीमा आई अलपत्र परेको भन्दै उनले यो समस्या गहिरिँदै गएको बताए । 

यसअघि मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले चार्टर्ड विमानले तोकिएको कुनै पनि नियमित उडान नभरेको भन्दै त्यसप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघ समेतले चासो नदेखाएको आरोप लगाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।