दक्षिण कोरियामा एकैदिन ४३ हजार बढीमा कोरोना संक्रमण
काठमाडौँ, १८, कार्तिक । दक्षिण कोरियामा एकैदिन ४३ हजार चार सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो आँकडा बिहीबार मध्यरातसम्मको हो।
यो सँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
इद्देपी, दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम हो । बुधबार सङ्क्रमितको सङ्ख्या ४६ हजार आठ सय ९६ बाट कम भएर ४३ हजार चार सय ४९ पुगेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ५३ जनाको मृत्युको छ।
हालसम्म दक्षिण कोरियामा कोरोनाबाट २९ हजार तीन सय १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।









