रोमानियामा एक नेपाली कामदारको निधन
काठमाडौँ, १७, कार्तिक । रोमानियाको तिमिलास्वरा शहरको Vizejdia नजिक बनात मेलोन एग्रिकल्चर कम्पनीमा कार्यरत म्याग्दीका ३३ वर्षीय देबेन्द्र पुनको निधन भएको छ ।
कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर पुनको मृत्यु भएको हो ।
यस घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ । योसँगै रोमानियामा एक महिनाभित्र एकपछि अर्को गरी क्रमशः तीन नेपाली कामदारको निधन भएको छ ।









