image
image

साउदी आईडीको नवीकरण शुरु

काठमाडौँ, १६, कार्तिक । नेपालस्थित साउदी अरेबियाको दूतावासले कामदारको भिसा लगाउनका लागि जारी गरिएको दूतावासको परिचयपत्र (साउदी आईडी) लाई अपग्रेड गरी नवीकरण गर्न शुरु गरेकोे छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तोकिएका कागजातसहित सञ्चालक आफैं संघको कार्यालयमा उपस्थित भई नवीकरणका लागि निवेदन दिन वैदेशिक रोजगार व्यवसायीलाई आग्रह गरेकोे छ ।

साउदी आईडी अपग्रेड गरी नविकरण गर्न बुधबार साउदी आईडी नम्बर १ देखि १२५ नम्बरसम्मका व्यवसायीहरुले सम्पर्क गर्नुपर्ने संघले बताएको छ । 

संघले लेटरहेडमा तोकिएको ढाँचामा निवेदन, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, इजाजतपत्र तथा प्यान कार्ड, कम्पनी रजिष्ट्रारको प्रमाणपत्रको रंगीन फोटोकपी गरी कम्पनीको छाप लगाएर पेश गर्न भनेको छ । 

१२५ पछाडिका इजाजतपत्रवालालाई क्रमशः सम्पर्क गर्न संघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।