image
image

एक सयभन्दा बढी नेपाली कामदार साउदीमा अलपत्र

काठमाडौँ, १५, कार्तिक ।  वैदेशिक राेजगारीका लागि साउदी अरब पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र परेका छन् । काठमाडाैंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीकाे रफैया पुगेका दुई जुम्लाका नागरिकसहित उनीहरू अलपत्र परेका हुन् ।

अलपत्र परेका जुम्ला तातोपानी गाउँपालिका-८ का अशोक बुढाथोकी र चन्दननाथ नगरपालिका-२ का लोकबहादुर भण्डारीका अनुसार उनीहरूसहित ४६ जना एकै कम्पनीमा काम गर्दै आएका थिए ।  साउदीकाे लदवा कोल्टी फर्मले ६ महिना मात्रै कामकाे पैसा दिएको अशोकले टोलिफोनमा जानकारी दिए । उनका अनुसार त्यसपछि यहाँ काम गर्ने अबधि सकिएको भन्दै सबै जनालाई पाँच सय मिटर टाढाकाे अर्को कम्पनीमा पठाएको थियाे ।

साउदीको २२ नम्बर गल्लीमा रहेको अवैध कम्पनीले तीन महिनासम्म पारिश्रमिकविनै काममा लगाएको बुढाथोकी बताउँछन् । उनले भने, 'त्यो कम्पनीसँग तीन महिना काम गरेको पारिश्रमिक माग्दा बन्दुक तेर्साएर कुटपिट गर्याे ।' 

कुटपीटपछि  तीन जनालाई प्रहरीको भ्यानमा राखेर  हिरासतमा लिन लागेको थियो । त्यहा काम गर्ने ४६ जना नेपाली कामदार एक जुट भएर सबैलाई लैजान भनेपछि कुटपीट गरी लखेटेको थियो । उनीहरु सबै रफैयास्थित नेपालीले खोलेको एक होटलमा छन् । बुढाथोकीका अनुसार सबैको पासपोर्ट खोसेर त्यही कम्पनीले राखेको छ ।

अलपत्र रहेकाहरूले प्रहरी प्रशासन पनि कम्पनीसँग मिलेकाे आराेप लगाएका छन् । बुढाथाेकीले भने, 'म बस्ने ठाउँमा कुनै अस्पताल छैन कुटपिटपछि छाती दुखिरहेकाे छ । घटना भएकाे ठाउँबाट अहिले तीन सय किलोमिटर टाढा बसेका छौँ ।'

जुम्लाकै लोकबहादुर भण्डारीको समेत कुटपिटबाट दाँत भाँचिएको उनले बताए । उनले भने, 'आफूसँग पैसा नहुँदा घरबाट २० हजार खोजेर हालिदिन अनुरोध गरेकाे छु । पैसा पाएपछि राजदुतावास गएर टिटी फर्म भर्छु ।' 

उनीहरूलाई काठमाडौंको जेभी ओभरसिज म्यानपावर कम्पनीका एजेन्टले जनही दुई लाख ६० हजार  रुपैयाँ लिएर गत ११ फागुनमा साउदी पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।