image
image

तीन महिनामा ७०५ विद्युतीय सवारी साधन आयात

काठमाडौँ, १४, कार्तिक । डिजेल पेट्रोलका गाडीभन्दा विद्युतीय सवारी साधन बढी भित्रिएका छन्। सरकारले पेट्रोल डिजेलका गाडी आयातमा प्रतिबन्ध लगाउँदा विद्युतीय गाडी बढी भित्रिएका हुन्। 

३ महिनामा डिजेल/पेट्रोलका जिप कार भ्यान  ६९९ वटा भित्रँदा विद्युतीय गाडी ७०५ वटा भित्रिएका छन्।

सरकारले जेठ १५ बाट १०० बढी किलोवाटका गाडीमा भन्सार बढाउँदा सय किलोवाट कमका मात्रै गाडी आयात बढेको हो। १०० किलोवाटसम्मका ६८६ भित्रँदा २०० किलोवाट सम्मका १७ र ३०० किलोवाट सम्मका २ वटा मात्रै भित्रिएका छन्। 

अघिल्लो वर्ष ३ महिनामा १४३ वटा मात्रै विद्युतीय गाडी भित्रिएका थिए। जसमा १०० किलोवाटसम्मका ७१ र १०० किलोवाट बढीका ७२ वटा भित्रिएका थिए।  

सरकारले वैशाख यता एलसी खोल्न बन्द गरेको छ। वैशाखअघि नै एलसी खोलेका डिजेल पेट्रोलका ६९९ वटा गाडी भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

३ महिनामा १५ अर्ब २६ करोड रुपैयाँको सवारीसाधन तथा पार्टस आयात भएको छ। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ६ अर्बले आयात घटेको हो। आर्थिक वर्ष २०७८/०७९ मा २१ अर्ब ८४ करोड रुपैयाँको आयात भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।