image
image

पछिल्लो ७ महिनामा कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा २५ प्रतिशतले घट्यो

काठमाडौँ, १४, कार्तिक । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ७ महिनामा करिब २५ प्रतिशतले घटेको छ । 

गत मार्चमा कच्चा तेलको मूल्य उच्चस्तरमा पुगेको थियो । त्यो बेला कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर नाघेको थियो । मार्चको उच्चस्तरबाट तेलको भाउ करिब २५ प्रतिशतले घटेको हो । 

हाल इन्धनको मूल्य रुस–युक्रेन युद्धअघि स्तरमा झर्दैछ । कमजोर मागको डरले प्राकृतिक ग्यास र कोइलाको मूल्य पनि केही महिनाको तल्लो तहमा झरेको छ । 

आज सोमबार प्रारम्भिक कारोबारमा पनि कच्चा तेलको मूल्य घटेको छ । ब्रेन्ट आयल ०।७८ प्रतिशत अर्थात ०.७२ डलर घटेर प्रतिब्यारेल ९३.०५ डलरमा कारोबार भइरहेको छ । 

त्यसैगरी कच्चा तेल डब्ल्यूटीआई ०.५६ प्रतिशतले घटेर ८७.४१ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ ।एजेन्सी  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।