image
image

राष्ट्र बैंकले जारी गर्ने १६ अर्ब ६६ करोडको ट्रेजरी बिलको बोलकबोल आज

काठमाडौँ, १४, कार्तिक । नेपाल राष्ट्र बैंकले कात्तिक १५ गते १६ अर्ब ६६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्ने भएको हो । 

उक्त ट्रेजरी बिलको बोलकबोल आज हुने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ ।

 यी ट्रेजरी बिल क्रमशः माघ १७ गते, २०८० वैशाख १९ गते र २०८० कात्तिक १४ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । 

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।