image
image

मलेसिया गएका नेपाली कामदार लोट्टो र क्यासिनोको कुलतमा फस्ने प्रवृत्ति बढ्यो

काठमाडौँ, १३, कार्तिक । छिट्टै धनी बन्ने लालसाले रोजगारीका लागि मलेसिया गएका नेपाली कामदार लोट्टो र क्यासिनोको कुलतमा लहसिने प्रवृत्ति बढेको पाइएको छ । 

मलेसियाको राजधानी क्वालालम्पुर र अन्य प्रमुख शहरहरुमा रहेका क्यासिनो धाउने नेपाली कामदारको संख्या दैनिकरुपमा बढेको बताइएको छ । 

मलेसियामा स्टार वल्र्ड क्यासिनो, डि ग्यान्टिङ्ग क्यासिनो र ग्यान्टिङ्ग वल्र्ड क्यासिनो नेपाली युवाका प्रमुख गन्तव्य मानिन्छन् । मलेसियामा नेपालीलाई क्यासिनो प्रवेश सहज रहेको छ । 

क्यासिनो र लोट्टोमा मेहनतको कमाई गुमाउनेहरु आफूमात्र नभई नेपालमा रहेको आश्रित परिवारलाई विचल्ली बनाउने र घर नै फर्किन नसक्ने अवस्थामा पुग्ने गरेकोे नेपालीका संघसंस्थाले बताएका छन् । 

कतिपय कामदार जानाजान र कतिपय लहलहैमा क्यासिनो पुग्ने गरेको बताइन्छ ।सदस्यता लिनेलाई मलेसियामा क्यासिनोहरुले निःशुल्क प्रवेश र खाना खान दिने गरेका छन् । क्यासिनो गएर सानो रकम जितेपछि ठूलै हल्ला चलाउने गरिएका कारणबाट पनि नेपालीहरु क्यासिनो जान लालायित बन्ने र टोटो र म्याग्नममा दाउ लगाउने गरेका छन् । 

कतिपयले फोर डि र सिक्स डि नामका चिठ्ठामा कमाइ सक्ने गरेकोे  छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।