image
image

फेरि ब्याजदर बढाउने तयारीमा भारत

काठमाडौँ, ११, कार्तिक । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया ९आरबीआई०ले फेरि ब्याजदर बढाउने तयारी गरेको छ । 

आरबीआईले आउँदो नोभेम्बर ३ मा मौद्रिक नीति समितिको विशेष बैठक बोलाएको छ । बैठकमा पछिल्लो ३ त्रैमासिक अवधिमा ब्याजदर ६ प्रतिशतभन्दा कम राख्न नसकेको विषयमा छलफल हुनेछ । 

आरबीआईले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आरबीआई ऐनको धारा ४५जेडएनअन्तर्गत नोभेम्बर ३ मा मौद्रिक नीति समितिको विशेष बैठक बोलाइएको छ ।’

सेक्सन ४५जेडएन मुद्रास्फीति लक्ष्य कायम राख्न सम्बन्धित छ । महँगी नियन्त्रण गर्न रिजर्भ बैंकको प्रयासका बाबजुद मुद्रास्फीति दर बढ्न जारी छ । सेप्टेम्बरमा भारतको खुद्रा मुद्रास्फीति दर ७.४१ प्रतिशत पुगेको थियो भने अगस्टमा ७ प्रतिशत थियो ।

सेप्टेम्बरमा खाद्य मुद्रास्फीति ८.६० प्रतिशतले बढेको छ । यो अगस्टमा ७.६२ प्रतिशत बढ्यो । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।