image
image

छिमेकमा ८० अर्ब खर्चेर बंगुरको खोर

काठमाडौँ, ८, कार्तिक । चीनमा झण्डै ८० अर्ब रुपैयाँ खर्चेर बंगुरको खोर बनाइएको छ । खोर भनेपनि उक्त भवन भव्य होटलभन्दा कम नभएको बताइन्छ । २६ तलाको उक्त भवनलाई बंगुर होटलको नामले समेत चिन्न थालिएको छ ।

चीनको हुपेई प्रान्तको इचौमा निर्माणाधीन उक्त भवन सम्भवतः विश्वकै सबैभन्दा ठूलो बंगुर फार्म भएको प्राप्त समाचारमा जनाइएको छ । ४ लाख बर्गमीटर क्षेत्रफलका दुई वटा भवनमा बंगुर पालनको तयारी गरिएको छ । उक्त परियोजना हुपेई चोङ्सिन काइवेइ मोडर्न एनिमल हस्बेण्डरी कम्पनीले सञ्चालनमा ल्याएको छ । कम्पनीको अन्य लगानीकर्तामध्ये स्थानीय एक सिमेन्ट कम्पनी हो । सिमेन्ट कारखानाबाट उत्पादित तातो हावालाई बंगुर होटलमा प्रयोग गरिएको छ ।

बंगुर भवनको निर्माणले श्रमलागत कम गरेको छ भने हरियाली र पर्यावरणमा राम्रो नतिजा प्राप्त भएको बताइन्छ । भवनको पूर्ण उपयोगपछि वार्षिक १२ लाख बंगुर मासुको लागि उपयोग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।