image
image

श्रमका पाँच कार्यालयलाई स्वीकृति प्रदान गर्ने अख्तियारी

काठमाडौँ, ६, कार्तिक । वैदेशिक रोजगार विभागले  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पाँच वटा श्रम तथा रोजगार कार्यालयलाई निश्चित संख्यामा पूर्व र अन्तिम स्वीकृति प्रदान गर्ने अख्तियारी दिएको छ । 

विभागले श्रम तथा रोजगार कार्यालय धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगरलाई वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा पूर्व तथा अन्तिम स्वीकृति प्रदान गर्ने अधिकार दिने निर्णय भएको जनाएको छ । 

क्षेत्रीय विमानस्थलका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जजिरा एयरले यात्रुको अभावमा उडानमा कटौती गर्ने निर्णय सार्वजनिक गरेपछि विभागले क्षेत्रीयरूपमा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो । 

उल्लेख्यित पाँच वटा श्रम तथा रोजगार कार्यालयलाई वैदेशिक रोजगारको श्रम स्वीकृति सम्बन्धी कार्य गर्ने अधिकारी यसअघि नै प्रत्यायोजित गरिएको थियो । 

तर, श्रम स्वीकृतिका लागि अनिवार्य मानिएका स्वास्थ्य परीक्षण तथा अभिमुखीकरणसम्बन्धी संस्था नगएपछि कार्यान्वयनको गति भने सुस्त हुँदा भैरहवाबाट वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा वृद्धि हुन सकेको थिएन । 

अहिलेसम्म पनि कतार भिसा सेन्टर काठमाडौंमा मात्रै सीमित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।