image
image

असोजमा बैंकहरुको निक्षेप ह्वात्तै बढ्यो

काठमाडौँ, ४, कार्तिक । साउन र भदौंमा खास बढ्न नसकेको बैंकहरुको निक्षेप असोजमा भने ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार असोज लागेपछि बाणिज्य बैंकहरुको निक्षेपमा निकै राम्रो सुधार देखिएको हो । 

यो महिनामा मात्रै बैंकहरुको निक्षेप रु. ६२ अर्बले बढेको छ । चालु आर्थिक वर्षको तीन महिनासम्म बैंकहरुले ६९ अर्ब निक्षेप संकलन गरेका थिए । यसमा असोज महिनाको मात्रै योगदान ६२ अर्ब रुपैयाँ रहेको छ । 

एक बैंकरका अनुसार बैंकहरुले ६ महिनासम्म कायम रहेको ब्याजदरको भद्र सहमति भङ्ग गरेपछि निक्षेपको ब्याजदर बढेको थियो । यसले समेत सेयर बजार र अन्यत्र भएको रकम जोखिमरहित रिटर्नका लागि मानिसले बैंकिङ प्रणालीमा भित्र्याएका कारण असोजमा निक्षेप ह्वात्तै बढेको हो । 

एनबीएका अनुसार असोज मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, बैंकहरुले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा कुल ५६ अर्ब कर्जा लगानी गरेका छन् । 

यसमा असोज महिनाको मात्रै योगदान ३० अर्ब रुपैयाँको छ । अब बैंकहरुको कुल ऋण लगानी बढेर ४२ खर्ब २० अर्ब पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।