image
image

माई खोला हाइड्रोले १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासन गर्ने, दियो सेबोनमा निवेदन

काठमाडौँ, ४, कार्तिक । माई खोला हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग आईपीओ निष्कासनको अनुमति मागेको हो । 

हाइड्रोपावरले बोर्डसँग १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता सेयर बिक्रीको अनुमति मागेको छ । हाइड्रोपावरले असोज ३० गते सर्वसाधारणमा सेयर बिक्रीको अनुमति माग्दै सेबोनमा आवेदन दिएको हो । 

हाइड्रोपावरले प्रभु क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र सर्वसाधारणमा सेयर बिक्रीमा ल्याउनेछन् । 

बोर्डबाट सेयर निष्कासन अनुमति पाएको दुई महिनाभित्र सेयर बिक्रीमा ल्याइसक्नुपर्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।