‘ट्रेड फेयर २०२१’ सम्पन्न, उत्कृष्ट महिला उद्यमीलाई सम्मान
काठमाडौँ २७ फागुन । नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरले गत सोमबारदेखि तीन दिन आयोजना गरेको ट्रेड फेयर २०२१ बिहिबार सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा आयोजना गरिएको उक्त मेलामा महिला उद्यमीहरुले उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरु प्रदर्शन गरिएको थियो ।
त्यसैगरी उक्त फेयरमा उत्कृष्ट महिला उद्यमीलाई सम्मान पनि गरिएको थियो ।फेयरमा मण्डला सिल्कले प्रथम स्थान प्राप्त गरेको छ भने अग्नि नेपाल प्रालिले द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै तृतीय स्थान गोर्खा चेम्बर अफ कमर्सले प्राप्त गरेको छ । उत्कृष्ट स्टललाई पुरस्कृत समेत गरिएको बताइएको छ । मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्ता लगायतका ९० स्टल राखिएका थिए ।
उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले महिला उद्यमी तथा व्यवसायीहरूले उत्पादन गर्ने सामग्रीहरूलाई राम्रो प्याकेजिङ गरी निर्यात गर्ने अभियानमा रहेको पनि बताएकी छन् । नेपाली महिला उद्यमीहरुको स्तर तथा क्षमता वृद्धि गर्नका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता अभिवृद्धि गराउन यस्तो प्रदर्शनीको आयोजना गरिएको बताइन् ।