image
image

कुशादेवीको लप्सेटारमा जिल्लाव्यापी भलिबल प्रतियोगिता

काठमाडौँ, १, कात्तिक । काभ्रे जिल्लाको पनौति नगरपालिका २ धाराचौर लाप्सेटारमा प्रथम जिल्लाव्यापी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । 

भोलिबाट पनौती नगरपालिका वडा नम्बर २ को आयोजनामा हुने सो प्रतियोगिता कुशादेवी मन्दिरबाट धिमेबाजा सहित स्थानीय धाराचौर खेल मैदानमा सम्पन्न हुने आयोजकले जनाएको छ । सो कार्यक्रमको उद्घाटन पनौती नगरपालिका मेयर रामशरण भण्डारीले गर्नेछन् । 

यो प्रतियोगितामा कुशादेवी युवा क्लवको प्रस्ताव अनुसार लब्सेटार युवा समूहले व्यवस्थापकीय भूमिका निभाउने छ ।  

प्रतियोगिता सम्पन्न गर्न वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको छ ।

प्रतियोगितामा पनौती नगरपालिका वडा नम्बर १,२ र ३ को तर्फबाट एउटा टिम, नगर स्तरीय अर्को टिम सहभागी हुनेछन् । जिल्लाका १३ वटै पालिकाबाट प्रति पालिका दुई वटासम्म टिम सहभागी हुन पाउने गरी ३ हजार ५ सय शुल्क निर्धारण गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । उप विजेता टिमले ३० हजार प्राप्त गर्नेछ । सान्त्वना दुई टिमलाई नगद १०/१० हजार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।