image
image

इन्स्टाग्राम लाइट सार्वजनिक, यस्तो छ फिचर

काठमाडौँ २७ फागुन। फेसबुकले इन्स्टाग्राम लाइट सार्वजनिक गरेको छ । विश्वका १७० वटा देश सहित नेपालमा पनि इन्स्टाग्राम लाइट सार्वजनिक भएको हो ।

दुई एमबी मात्र स्पेस हुँदा डाउनलोड गर्न सकिने उक्त एप जुन कम स्पिडको इन्टरनेट तथा डेटामा चलाउन सकिन्छ । यसलाई टुजी तथा थ्रीजी फोनमा समेत सजिलै प्रयोग गर्न सकिने बताएका छन् ।  अब थोरै स्पेस भएको सस्तो स्मार्टफोन  वा हाई स्पिड इन्टरनेट छैन भने इन्स्टाग्राम लाइट प्रयोग गर्न सकिने भएको छ ।

अहिले इन्स्टाग्रामको नियमित भर्सन प्रयोग गर्न ३० एमबी स्पेस आवश्यक पर्छ ।  त्यस्तै यदि इन्टरनेट स्पिड राम्रो छैन भने यो भर्सनमा रेस्पोन्स समेत राम्रो पाउन सकिँदैन । अर्थात पेज राम्रोसँग खुल्दैन र फोटो तथा भिडियो राम्रोसँग हेर्न सकिँदेन । तर इन्स्टाग्राम लाइटमा भने उक्त समस्या बाट मुक्ति मिल्ने बताइएको छ ।  

त्यस्तै इन्स्टाग्राम लाइटमा यसको नियमित भर्सनमा रहेका करिब सबै मुख्य फिचर दिइएको छ । आउँदा दिनमा कम्पनीले विश्वका सबै देशका प्रयोगकर्ताका लागि एन्ड्रोइडका साथै आईओएसमा समेत इन्स्टाग्राम लाइट ल्याउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।