image
image

वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई गुणस्तरीयता कायम गर्न पत्राचार

काठमाडौँ, २७, असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूलाई स्वास्थ्य परीक्षण मापदण्ड कार्यान्वयन गर्न पत्राचार गरेको छ। 

स्वास्थ्य परीक्षणको शुल्कअनुसार गुणस्तरीयता कायम गर्न भन्दै मन्त्रालयले पत्राचार गरेको हो। 

पत्रमा रगत परीक्षण पूर्णस्वचालित प्रणालीमा आधारित हुने गरी (कम्तीमा २०० टेस्ट प्रतिघण्टा क्षमता भएको) उपकरणबाट गर्नुपर्ने उल्लेख गरिएको छ। 

पहिलो चरणमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरू र साउदी, बहराइन, ओमान जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने (गाम्का नेपाल)मा आवद्ध स्वास्थ्य संस्थाहरूले मापदण्ड लागू गर्नुपर्ने मन्त्रालयको भनाई छ। त्यसपछि क्रमशः अन्य स्वास्थ्य संस्थाहरूलाई कार्यान्वयन गर्ने मन्त्रालयले उल्लेख गरेको छ। 

३५ दिन भित्र विशेषज्ञ समितिबाट अनुगमन हुने मन्त्रालयले जनाएको छ। कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पत्रमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।