image
image

निर्देशन नमान्ने म्यानपावरलाई कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ, २७, असोज ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारका लागि जाने क्रममा ठगीमा परेको दाबी गर्दै परेका उजुरी फछ्र्यौट गर्न तोकिएका समयमा सम्पर्क नगर्ने म्यानपावर कम्पनीलाई  चेतावनी दिएको छ ।

विभागका निर्देशक कृष्णप्रसाद भुसालद्वारा बुधबार सूचना जारी गरी विभागमा वैदेशिक रोजगारका क्रममा ठगीमा परेका कामदारका उजुरीमा छलफल गर्न पटक–पटक पत्राचार गरी बोलाउँदा समेत केही म्यानपावर कम्पनीका सञ्चालक जानाजान विभागमा उपस्थित नभएर विभागको उजुरी फछ्र्यौट गर्ने काममा असहयोग गरेकोे सार्वजनिक गरेका छन् । 

विभागले भनेको छ, ‘विभागमा दर्ता भएका उजुरीका सम्बन्धमा यस विभागबाट गरिने पत्राचार, आदेश तथा निर्देशन केही इजाजतपत्र कम्पनीबाट पालन नहुँदा समयमै उजुरी फछ्र्यौट गर्ने कार्यमा सख्त बाधा पुग्न गएको छ । ऐन तथा नियमावलीका व्यवस्था तथा विभागले दिने निर्देशन कार्यान्वयन नगरे ऐनको दफा ५४ बमोजिम कारबाही गर्ने अधिकार ऐनले विभागलाई दिएको समेत विभागले व्यवसायीलाई स्मरण गराएको छ ।’

उक्त दफा ५४ मा ऐन र ऐन अनुसार बनेको नियम, आदेश वा निर्देशन पालना नगर्ने म्यानपावर कम्पनीलाई पहिलोपटक सचेत गराउने, दोस्रो पटक पचास हजार रूपैयाँ जरिवाना र तेस्रो पटक सोही कसुर दोहो¥याएमा एक लाख जरिवाना गरी इजाजतपत्र रद्द गर्न सक्ने प्रावधान छ ।

आफ्नो कम्पनीका सम्बन्धमा परेका उजुरीमा फछ्र्यौट गर्न जानकारी पाएर पनि सम्पर्कमा नआउने केही म्यानपावर कम्पनीका सञ्चालकको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ । वैदेशिक रोजगार ऐन, वैदेशिक रोजगार नियमावली एवं वैदेशिक रोजगार विभागले बेलाबेलामा  प्रदान गर्ने नीतिगत मार्गनिर्देशन अवलम्बन गर्नु वैदेशिक रोजगार व्यवसायीको व्यावसायिक कर्तव्य भन्दै त्यसलाई व्यवसायीले अनिवार्यरूपमा पालना गर्नुपर्ने विभागको भनाइ छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।