image
image

मन्त्रालयद्वारा केडीएनअनुसार मागपत्रको अवधि थप

काठमाडौँ, १०, असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार आपूर्ति गर्न म्यानपावर कम्पनीले ल्याएको मागपत्रको अवधि केडीएनमा उल्लेख भएअनुसार हुने निर्णय गरेकोे छ ।

यसअघि तीन–तीन महिनाका दरले श्रम स्वीकृति अवधि थप हुँदै आएकोमा मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गरी वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको मात्रपत्रमा उल्लेख भएको अवधिसम्म श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरी कार्यान्वयनका लागि वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण मलेसिया सरकारले केडीएन (गृह मन्त्रालय) प्रमाणीकरणको म्याद एक वर्ष थप गरेको र भिसा आउन समय लाग्ने भएकोले म्याद थप गरेको जनाएको छ । 

लकडाउनअघि म्यानपावर कम्पनीहरुले ल्याएको मागपत्रको म्याद यसअघि पटक–पटक गरी ९ महिना थपिएको थियो । फागुन २०७६ अघि प्राप्त भएका मागपत्र कार्यान्वयन गर्न गत मंसिर २२ गतेदेखि जेठ ३१ सम्म म्याद थप गरिएको थियो । त्यसपछि पुनः म्याद थप गरिएको थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाबाट भिसा आउन समय लाग्ने भएकोले सरकारले केडीएन (गृह मन्त्रालय) प्रमाणीकरणको म्याद एक वर्ष थप गर्न माग गर्दै आएको थियोे । मन्त्रीस्तरीय निर्णयपछि संघले खुसी व्यक्त गर्दै मन्त्री कुँवर र मन्त्रालयका सचिव, विभागका महानिर्देशकसहित उच्च प्रशासनिक नेतृत्वप्रति आभार व्यक्त गरेको छ ।

संघले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालको संयुक्त पहल र साझा आग्रहमा मन्त्रीस्तरीय निर्णय हुने वातावरण भएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।