image
image

अभिमुखीकरण संस्थाहरुलाई विभागको चेतावनी

काठमाडौँ, ९, असोज । वैदेशिक रोजगार विभागले केही वैदेशिक रोजगार अभिमुखीकरण संस्थाले आफ्नो अनुगमनको कार्यलाई असहयोग तथा बाधा पुर्‍याएको भन्दै कारबाहीको चेतावनी दिएको छ ।

विभागले बिहीबार एक सूचना जारी गर्दै अनुगमनका लागि विभागले ९८५१३३४१०६ नम्बरको मोबाईल, ह्वाट्स एप र भाइबरबाट अभिमुखीकरण कक्षा सञ्चालन भइरहेको दृश्य देखाउन अनुरोध गर्दासमेत केही अभिमुखीकरण संस्थाका सञ्चालकहरूबाट विभिन्न कारण देखाई कक्षा सञ्चालनको दृश्य नदेखाउने, फोन कल रिसिभ नगर्ने जस्ता कार्य गरेर विभागलाई असहयोग गरी अनुगमनको कार्यलाई प्रभावित पार्ने गरेकोे र त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

विभागले अनुगमनको कार्यलाई प्रभावित पारेमा अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ बमोजिम कारबाही हुने समेत चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।