image
image

कतारले भिजिट भिसा बन्द गर्ने

काठमाडौँ, ६, असोज । फिफा वल्र्डकपलाई लक्षित गर्दै कतारले केही समयको लागि भिजिट भिसा बन्द गर्ने जनाएको छ । गृहमन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा १ नोभेम्बरदेखि डिसेम्बर २३ सम्म भिजिट भिसा बन्द रहने जानकारी दिएको हो । 

उक्त समयमा फुटबलको रौनक ह्वात बढ्ने हुँदा हय्या कार्ड हुने पर्यटकले मात्र कतार प्रवेश गर्न पाउने जानकारी दिइयो । हय्या कार्ड हुनेहरूले  हवाई, स्थल र सामुद्रिक सीमानाबाट प्रवेश पाउने छन् । 

यस निर्णयबाट कतार बाहिर रहेका कतारी नागरिक र कतारी आइडी भएका सबै यात्रु, वर्क परमिट भिसा भएका नयाँ कामदार र कतार सरकारको आधिकारिक स्वीकृतिमा आउने यात्रु तथा पाहुनामा कुनै असर पार्ने छैन । 

खेल चलिरहेको बेला पनि यी यात्रुहरू कतार आउन जान सक्ने मन्त्रालयले जनाएको छ । हय्या कार्ड भएको व्यक्तिहरू जनवरी २३, २०२३ सम्म कतार बस्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।