image
image

राष्ट्र बैंकले विभिन्न पदका लागि माग्यो ४३ कर्मचारी, योग्यता कति ?

काठमाडौँ, ६, असोज । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ४३ जना कर्मचारीको माग गरेको छ । राष्ट्र बैंकले प्रशासन तर्फ ४२ र प्राविधिकतर्फ १ गरि कुल ४३ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले प्रशासनतर्फ १८ जना सहायक निर्देशक (अधिकृत तृतीय) र २४ जना सहयक (सहायक द्वितीय) माग गरेको हो । त्यस्तै प्राविधिकतर्फ आइटी तथा साइबर सेक्युरिटी अन्तर्गत १ जना सहायक तृतीय (सहायक निर्देशक) माग गरेको हो ।

सहायक निर्देशक पदको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । सहायक निर्देशक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै, सहायक (सहायक द्वितीय) पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा १० जोड २ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। समावेशी समूहतर्फ फाराम भर्ने उम्मेदवारहरूले आदिवासी र जनजाति, मधेशी, दलित, अपाङ्ग र पि.क्षे. को लागि सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्ने जनाएको छ ।

इच्छुक तथा योग्य आवेदकले असोज ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म राष्ट्र बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।