image
image

अब डिसहोम गोबाट ७० वटा टिभी च्यानल हेर्न सकिने

काठमाडौँ २६ फागुन । अब डिसहोम गोबाट ७० वटा टिभी च्यानल हेर्न सकिने भएको छ । यस अघि  आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा (डिसहोम गो) अन्तर्गत २० ओटा च्यानलको सुविदा दिँदै आएको थियो ।

इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न सक्ने गरी ल्याइएको डिसहोम गोमा थप ५० च्यानल थपिएका छन् । सँगै डिशहोम गो एपले ‘भिडियो अन डिमाण्ड’ सेवाको पनि थालनी गरेको छ । जसमा ग्राहकले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सट फिल्म हेर्न सक्नेछन् । 

त्यस्तै डिसहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको छ ।  कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिसहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरी निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।          
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।