image
image

कर्मचारी सञ्चय कोषले माग्यो प्रशासकका लागि आवेदन

काठमाडौँ, २, असोज । अर्थ मन्त्रालयले कर्मचारी सञ्चयकोषको प्रशासकका लागि खुला आवेदन माग गरेको छ । कोषको रिक्त प्रशासक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गरिने भएकाले आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ ।

आइतबार प्रकाशित सूचना अनुसार २१ दिनभित्र आवेदन दिन सकिने भएको छ । मन्त्रालयका अनुसार कोषको प्रशासकको उम्मेदवारले व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्छ ।

यस्तो कार्ययोजना अधिकतम ५ हजार शब्दसम्मको हुनुपर्ने छ । आवेदन मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पठाउनु पर्ने भएको छ ।

कर्मचारी सञ्चय कोषको प्रकाशकको छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०७९ अनुसार आवेदन दिने सकिने र कार्यविधि मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।