image
image

जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ : पूर्वमन्त्री श्रेष्ठ

काठमाडौँ, २, असोज । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विभिन्न उतारचढावका बीच प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सफल रहेको बताएका छन् । 

“संविधान बनेपछिको पहिलो संसद्को कार्यकालमा विभिन्न उतारचढाव रह्यो, दुईपटक विघटन भयो”, उनले भने, “ठ्याक्कै सन्तुष्टि हुने ठाउँ त छैन तर जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ भन्ने लाग्छ ।” निवर्तमान सांसद श्रेष्ठले संविधान, लोकतन्त्र र सङ्घीयता बचाउनुपर्ने कर्तव्य आफूहरूले निर्वाह गरेको बताए । “त्यही कारण हामीले पार्टीमा विद्रोह गर्यौ”, उनले भने ।

निवर्तमान सांसद केदार सिग्देलले एउटा विधायकले गर्नुपर्ने जिम्मेवारी पूरा गरेको बताए । “आफ्नो क्षमताले भेटेसम्म पदीय दायित्व इमानदारी पूर्वक बहन गर्ने प्रयास गरेँ”, उनले भने, “धेरै गरेँ भनी ठूला कुरा गर्न चाहन्न तर एउटा विधायकले निर्वाचन क्षेत्र र जनताको हितमा गर्न सकिने सम्मका काममा हरदम कोसिस गरेँ ।”रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।