image
नेपाली बजारमा पिकअप सेग्मेन्टमा नयाँ फोर्ड रेन्जर नयाँ भर्सन सार्वजनिक, मूल्य कति ?

नेपाली बजारमा पिकअप सेग्मेन्टमा नयाँ फोर्ड रेन्जर नयाँ भर्सन सार्वजनिक, मूल्य कति ?

काठमाडौँ, २, असोज । नेपाली बजारमा पिकअप सेग्मेन्टमा नयाँ फोर्ड रेन्जर नयाँ भर्सन सार्वजनिक भएको छ । नेपालका लागि फोर्ड गाडीको आधिकारीक वितरक जिओ फोर्डले बिहिबार रेन्जर पीकअपको नयाँ भर्सन नेपाली बजारमा ल्याएको हो ।

एक कार्यक्रम मार्फत टेस्ट ड्राइभ आयोजना गर्दै नेपालमा फोर्ड पिकअप विक्री सुरु गरेको कम्पनीले जनाएको हो । नयाँ अपग्रेड भर्सनमा नेपाल आएको यो गाडी अफरोड तथा अनरोडको लागि उपयुक्त छ ।

नेपालमा फोर्डका गाडीहरु लोकप्रिय छन । खासगरी अफरोडका लागि पिकअप गाडी पछिल्लो समय चर्चामा छन ।

यो गाडीको मुख्य बिशेषता नै अफरोड यात्रा हो । फोर्ड पिकअप रेन्जरको नयाँ भर्सनले लामो यात्रा, एड्भेन्चर टुरलाई रोमान्चक बनाउछ ।

आकर्षक लुक्स, पावर र डिजाइनले यो पीकअपलाई नयाँ लुक्स दिएको छ । नयाँ रेन्जरमा वाई टर्बो २.० लिटर क्षमताको डिजेल इन्जिन दिइएको छ । यसअघि पनि फोर्डले रेन्जरमा ३।२ लिटर क्षमताको इन्जिन गाडी बिक्री गर्दै आएको थियो ।

कम्पनीका अनुसार टुईन टर्बो इन्जिनको कारण नयाँ रेन्जर निकै पावरफुल रहने जनाएको छ । लग्जरी, इन्टेरियर र एक्सटेरियरमा आकर्षक फिचर, आवाज रहित क्याविन कै कारण यो गाडी फरक छ । 

१९९६ सीसी क्षमताको इन्जिन रहेको यो गाडीमा भेरियन्ट अनुसार पावर फरक फरक रहेको छ । एक्सएल भेरियन्टमा अधिकतम १७० पीएस पावर र ४०५ एनएम टर्क प्रदान गर्छ ।

त्यसैगरी, एक्सएलटी र वाइल्डट्रेक भेरियन्टमा रहेको इन्जिनले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्छ । एक्सएल भेरियन्ट ६ स्पीड म्यानुयल र अटोमेटीक गियरबक्समा उपलब्ध छ भने अन्य दुई भेरियन्टमा १० स्पीड अटोमेटीक गियरबक्स उपलब्ध छ ।

लग्जरी एसयूभीको झल्को दिने अहिले जिओ फोर्डले १ करोड ५ लाख मूल्यको एक्सएल, १ करोड १९ लाख ९० हजार र टप भेरियन्ट डब्लूटीआरके वाइल्डट्रेक भेरियन्टको १ करोड ४५ लाख ९० हजार रुपैयाँ मुल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।