image
image

राष्ट्र बैंकले ११ अर्ब ८३ करोड ट्रेजरी बोलकबोल गर्ने

काठमाडौँ, ३१, भदौ । नेपाल राष्ट्र बैंकले आगामी आइतबार अर्थात् असोज २ गते ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका ट्रेजरी बिक्री गर्ने भएको हो ।  बैंकको सूचनाअनुसार आइतबार दिउँसो ३ बजे बोलकबोल हुने उक्त ट्रेजरी सोमबार बिक्री हुनेछ ।

सार्वजनिक बोलकबोलमार्फत बिक्री गरिने ट्रेजरीका लागि राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ छुट्याइएको छ ।  कुल ट्रेजरीमध्ये ८५ प्रतिशत आपसी प्रतिस्पर्धाबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँड गरिनेछ । यसअघि बैंकले गत मंगलबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।