image

नेपाली सेनाको सहायक सेनानीमा २२९ जनाका लागि दरखास्त आह्वान, आवेदन अवधि कहिलेसम्म ?

काठमाडौँ, ३१, भदौ । नेपाली सेनाले सहायक सेनानी पदमा २२९ जनाका लागि दरखास्त आह्वान गरेको छ।  

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले आज एक सूचना प्रकाशित गरी अधिकृत (सहायक सेनानी) पदमा दरखास्त खुला गरेको हो। नेपाली सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागेको हो। 

यो पदमा प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्। काठमाडौँस्थित स्वयम्भू बारुदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट दरखास्त पेस गर्न सकिनेछ। 

नेपाली सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी दरखास्त दिन सकिने व्यवस्था पनि गरिएको छ। 

दरखास्त असोज २९ गतेसम्म पेस गर्न सकिनेछ। दोब्बर दस्तुर तिरी कात्तिक ५ गतेसम्म दरखास्त दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।