image
image

२ म्युचुअल फण्डलाई साढे १९ करोड इकाइ निष्कासनका लागि धितोपत्र बोर्डको अनुमति

काठमाडौँ, ३०, भदौ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ म्युचुअल फण्डलाई इकाइ निष्कासन अनुमति दिएको छ। 

सेबोनले नबिल फ्लेक्स क्याप फण्ड र सानिमा ग्रोथ फण्डलाई निष्कासन अनुमति दिएको हो। 

नबिल फ्लेक्स क्याप फण्ड खुलामुखी योजना हो। यो योजनाका १० अंकित दरका ७ करोड ५० लाख इकाइ बिक्री गर्न सेबोनले अनुमति दिएको छ। 

यो म्युचुअल फण्डको योजना व्यवस्थापकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

यसैगरी सानिमा ग्रोथ फण्ड बन्दमुखी योजना हो। यो योजनाका कुल १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री गर्न सेबोनले अनुमति दिएको छ। 

यो म्युचुअल फण्डको योजना व्यवस्थापनमा सानिमा क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।