image

यूएइमा सेक्युरिटीका लागि १५१ कामदारको माग

यूएइमा सेक्युरिटीका लागि १५१ कामदारको माग   

काठमाडौँ । यूएइको एक कम्पनीले ठुलो संख्यामा नेपाली कामदारको माग गरेको छ ।  यूएइको अर्ध सरकारी  कम्पनीले १५१  जना नेपाली कामदारको माग गरेको हो ।
यूएइको हेमाया सेक्युरीटी सर्भिस कम्पनीले सेक्युरीटी गार्डका लागी १२६ जना  पूरुष र २५ महिला नेपाली कामदारको माग गरेको छ  । 

जस्को तलब खान बस्न सहित क्रमसः  ६३ हजार ५ सय ८० नेपाली रकम तलब रहेको छ । कामदारले हप्तामा ६ दिन दैनीक ८ घण्टा काम गर्नु पर्ने छ । अन्तरर्वार्ता  बिर्तामोडमा  यही माघ १५ गते , सुनसरीमा माघ १५ गते, चितवनमा माघ १५ गते, कास्कीमा माघ १६ र स्टेरीज एच आर सर्भिसको कार्यालय सामाखुसीमा १७,१८,१९ गते हुनेछ । कामदारको करार अवधि २ बर्षको रहेको छ। 

कामदारको हकमा  कम्तीमा एसएलसी पास गरेको र अंग्रेजी भाषा शुद्ध लेख्न पढ्न बोल्न सक्ने २२ बर्ष देखी ४० बर्ष ननाघेका  र कम्तिमा  ५ फिट सात इन्च उचाई भएका नेपाली नागरिक हुनुपर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।