image
image

इन्धनको मूल्यमा कमी आएसँगै घट्यो बेलायतको मूल्यवृद्धि दर

काठमाडौँ, २९, भदौ । बेलायतको मूल्यवृद्धि दर घटेको छ । अगस्ट महिनामा इन्धनको मूल्यमा कमी आएसँगै सो देशको मूल्यवृद्धि दर घटेको हो ।

जुलाई महिनामा १०.१ प्रतिशत पुगेको उपभोक्ता मूल्य सूचांक अगस्ट महिनामा घटेर ९.९ प्रतिशत कायम भएपछि बेलायतको वार्षिक मूल्यवृद्धि दर कम हुने प्रक्षेपण गरिएको हो ।

जुलाई महिनामा ४० वर्ष यताकै उच्च भएको उपभोक्ता सूचांक नियन्त्रणमा ल्याउन बेलायती केन्द्रीय बैंकले मुद्रास्फीतिबाट प्रभावित भएका परिवारको लागि स्टीमूलस जारी गरेको थियो । विश्लेषकहरुले बेलायतको अगस्ट महिनाको उपभोक्ता मूल्य सूचांक वृद्धि भई १०.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेका थिए ।

अगस्ट महिनामा इन्धनको मूल्यमा ६.८ प्रतिशत कमी आउँदा उपभोक्ता मूल्य सूचांक पनि कम भएको हो । उपभोक्ता मूल्य सूचांकमा कमी आएता पनि बेलायतले ४० वर्ष यताकै उच्च हुन पुगेको मुद्रास्फीतिको सामना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।