image
image

मलेसिया अझै उत्कृष्ट रोजगार गन्तव्य, ५४ हजार भन्दाबढिले लिए श्रम स्वीकृति

काठमाडौँ, २९, भदौ । एक महिनामा ८३ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ८३ हजार ६५८ जनाले पहिलो श्रम लिएका हुन् । 

विभागका अनुसार ७५ हजार ७६९ जना पुरुष र ७ हजार ८८९ जना महिलाले युरोप र खाडी मुलुकमा जानका लागि पहिलो श्रम लिएका हुन् । विभागबाट श्रम लिएकाहरुमध्ये सबैभन्दा बढि कामदारहरुले मलेसियाका लागि श्रम स्वीकृृति लिएका छन् । यस अवधिमा मलेसियाका लागि पहिलो श्रम स्वीकृति लिनेको संख्या ५४ हजार ४५२ जना  रहेका छन् । 

त्यस्तै, पहिलो श्रम स्वीकृृति लिएकामध्ये विभिन्न मेनपावरबाट बहराइन जानका लागि ७४९ जनाले पहिलो श्रम स्वीकृृति लिएका छन् । त्यस्तै, अल्बानियाका लागि ७४ जनाले पहिलो श्रम स्विकृति लिएका छन् । 

त्यसैगरी, साइप्रस जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ४८५ रहेको छ । भने वैदेशिक रोजगार विभागबाट पहिलो लिइ क्रोयसिया जानेहरुमा २ सय जना रहेका छन् । जापान जान पहिलो श्रम स्वीकृृति लिनेहरुको संख्या ७७, जोर्डनका लागि ८८५ सय रहेका छन् त्यस्तै, ब्रुनाइका लागि पहिलो श्रम स्विकृति लिनेको संख्या ३०९ जना र हङकङका लागि पहिलो श्रम स्वीकृृति लिनेको संख्या ७५ रहेको तथ्याङकमा उल्लेख छ । 

विभागका अनुसार कुवेत जानका लागि पहिलो श्रम स्वीकृृति लिनेहरुको संख्या ९ हजार भन्दाबढि रहेको छ । साउन महिनामा कुवेत जानका लागि ९ हजार १६९ जनाले पहिलो श्रम स्वीकृृति लिएका हुन । कुवेत जानका लागि श्रम लिएकामध्ये लायन्स इन्टरनेशनल प्लेसमेन्ट सर्भिसेजबाट ६ सय जना, निल कमल ह्युम्यान रिसोर्सबाट ५ सय जना रहेका छन् । छन्, भने बाँकी अन्य मेनपावर कम्पनीहरुबाट जाने भएका छन् ।    

त्यसैगरी ओमानका लागि पहिलो श्रम स्वीकृृति लिनेहरुको संख्या ५९१ जना, कतारका लागि ४ हजार १३० जना, मौरिससका लागि २४ जना रहेका छन् । त्यस्तै, रोमानिया जानका लागि पहिलो श्रम स्वीकृृति लिनेहरुको संख्या २ हजार ७५५ जना, युएइ जान पहिलो श्रम स्वीकृृति लिएकाहरु ८ हजार ११० जना र साउदी अरेबिया जानका लागि पहिलो श्रम लिएकाहरु १ हजार ६८२ जना रहेको विभागको तथ्याङकमा उल्लेख छ । 

त्यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृृति लिएकाहरुमा ३७ हजार ६८० जना रहेका छन् जसमा पुरुष ३४ हजार ३०९ जना र महिला ३ हजार ३७१ जनाले अन्तिम लिएका हुन् । अन्तिम श्रम लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सिप नभएका कामदारहरुको संख्या ६३ हजार ३९ रहेको छ, जसमा ५६ हजार ७९७ जना पुरुष र ६ हजार २४२ जना महिला रहेका छन् । 

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृृति लिएकाहरुमा दक्ष कामदारको संख्या १७, पेशागत कामदारको संख्या ८२, अर्धदक्ष कामदारको संख्या ४ हजार १९१, सिपयुक्त कामदारको संख्या ३८ हजार ७७ र सिप नभएका कामदारहरुको संख्या २० हजार ६७२ रहेको तथ्याङकमा उल्लेख छ । । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।