नेपाल राष्ट्र बैंकद्वारा ४३ कर्मचारीका लागि दरखास्त आह्वान
काठमाडौँ, १७, भदौ । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।
बैंकले सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।