image

श्रमिकलाइ रोजगारी र उधमिलाइ बजार गर्न रोलिङ नेक्क्स एप सार्वजनिक

श्रमिकलाइ रोजगारी र उधमिलाइ बजार गर्न रोलिङ नेक्क्स एप सार्वजनिक

व्यवसायी,बेरोजगार,सक्षम,असक्षम सबैको लागि रोजगारी अब एकै ठाउँमा[ तपाईं के चाहनुहुन्छ?सेवा हामी दिन्छौं]

नेपालमा रोजगारी र उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्धेश्यसहित आजबाट औपचारिक रुपमा ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको शुरुवात गरिएको छ । 
एक कार्यक्रमका बिच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले यसको शुभारम्भ गरेका हुन् । नेपालकै पहिलो ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस आममानिसको दैनिक जिवनमा उपयोगि बन्ने विश्वास मन्त्री चौधरीले गरे । 

डिजिटल प्लाटफर्मको माध्यमबाट सबै ब्यावसायिक कामलाई सहज बनाउने उद्धेश्यले सञ्चालनमा आएको रोलिङ नेक्सस अनलाइनमा आधारित व्यवसायिक सामाजिक सञ्जाल हो, जसको नै “नयां सम्भावनाहरुको सञ्जाल” रहेको छ ।  
यसलाई मुख्यत चार सिद्धान्तमा संचालन गरिएको रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले बताए । रोजगारी, उद्यमशिलता, सशक्तिकरण र संलग्नताको सिद्धान्त अनुरुप यो सञ्चालन हुनेछ । यी बाहेक अन्य दुई एप्लिकेसन रोलिङ कर्मशिल स्वदेश र रोलिङ कर्मशिल विदेशबाट स्वदेशी तथा वैदेशिक रोजगारीका बारेमा जानकारी लिंदै नयां अवसरहरु खोज्न सकिनेछ । 
ब्यक्तिहरुको दक्षता अभिवृद्धि, रोजगारी सृजना तथा प्रवद्र्धन, पियर टु पियर सेयर्ड इकोनोमीको अवधारणमा रहेर अवसर तथा सम्भावनाहरुको खोजी र गीग इकोनोमीको अवधारणामा रहेर उद्यमशीलता प्रर्वद्धन तथा ब्यावसायिक वृद्धी गर्नु यसको मुख्य उद्धेश्य हो ।
रोलिङ नेक्ससले ब्यावसायिक सेवा दिन विभिन्न ७ वटा समुहहरु छुट्याएको छ । जब, टेण्डर, फ्रिलान्स, कम्प्युटर एडप्टिभ टेष्ट, इभेन्ट, बजार र छलफलजस्ता प्लाटफर्मको प्रयोग गरि विभिन्न सेवा लिन सकिने सञ्चालक अनुप जंगमले बताएका छन् । 
रोलिङ बजारमार्फत नेपाली घरेलु उद्यमीलाई प्रर्वद्धन गर्ने योजना रोलिङ नेक्ससको छ । यस्तै, रोलिङ उजुरीमार्फत उपभोक्ताले आफ्ना अप्ठारो अथवा ठगीको गुनासो औपचारिक रुपमा राख्न मिल्ने र सोको समाधानका लागि सम्बन्धित कम्पनीबाट जवाफ मागी समाधान गर्ने व्यवस्था समेत गरिएको छ । खेलप्रेमी युवा पुस्तालाई आकर्षित गर्न रोलिङ कन्टेस्टमार्फत खेलकुदको गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक हाजिरी जवाफजस्ता मनोरञ्जनका सामाग्री पनि यसमा समावेश गरिएको छ । 
मुलुकमा रोजगारी र उद्यमशीलताका अवसर उत्साहजनक नरहेको अहिलेको अवस्थामा नयां सम्भावना र अवसरहरुलाई एउटै प्लाटफर्ममा समेट्ने उद्धेश्यले रोलिङ नेक्ससको शुरुवात गरिएको हो । यस्तोमा सिप नभएका वा सीप भएर पनि मौका नपाएका लाखौं मानिसहरुलाई रोलिङ नेक्ससको सञ्जाल उपयोगि हुनेमा कम्पनीको विश्वास छ ।
१८ वर्षदेखि ६५ वर्षका उमेर समुहमा पर्ने करिव दुई करोड नेपाली नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एउटा पूर्ण ब्यावसायिक सामाजिक सञ्जालको प्लाटफर्म दिन र कुनै न कुनै कार्यमा रोलिङ नेक्ससमार्फत अवसर, उत्पादनशिलता र रचनात्मक कार्यमा सहभागिता गराउंदै ब्यक्तिगत ग्राहक र ब्यावसायिक ग्राहकरुलाई सेवा दिन प्रतिवद्ध रहेको जंगमले बताए । 
यो व्यावसायिक सामाजिक सञ्जालको प्लाटफर्म प्रयोग गर्न ब्यक्तिले र व्यवसायले मोबाइलमा एप डाउनलोड गरि त्यसमा लगईन गरि आफ्नो प्रोफाइल बनाउनुपर्ने हुन्छ । एकपटक प्रोफाइल तयार गरिसकेपछि खोजे अनुसारको सेवा प्राप्त गर्न सहज हुनेछ । 
रोलिङ नेक्ससले ब्यक्ति–व्यक्ति, व्यक्ति–ब्यावसाय वा व्यवसाय–व्यवसायको नेटवर्कमार्फत एक आपसको सम्पर्कमा रही जुटेर एक अर्काका लागि नै सम्भावना सृजना गर्न बिकसित गरिएको हो । त्यसैले बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरुको ब्यावसायिक दैनिकी सहज बनाउन रोलिङ नेक्सस (www.rollingnexus.com) उपयोगि बन्दै गइरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
25%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
50%
perfect उत्तम
0%
surprise अचम्म
25%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।